Tikapur Chamber of Commerce and Industry

Tikapur Chamber of
Commerce and Industry

  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Contact
  • Members
    • How to become a member ?
    • Members
      • AM
  • Services
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
    • Trade Fairs
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Info
    • District Profile/Information
    • Useful Contacts
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
ताप्लेजुङको टोलीलाई स्वागत
May 30, 2016
टीकापुर, १७ जेठ

मेची महाकाली भ्रमणमा रहेको ताप्लेजुङ उद्योग वाणिज्य संघको टोलीको टीकापुर उद्योग वाणिज्य संघले सोमबार स्वागत गरेको छ । ताप्लेजुङका अध्यक्ष ताराना घिमिरेको नेतृत्वमा रहेको टोलीलाई टीकापुर अध्यक्ष आनन्द हमालले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा अवसरमा दुई उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच परिचयात्मक कार्यक्रम समेत भएको थियो । सोही अवसरमा पदाधिकारीहरुले आ–आफ्ना जिल्लाको ब्यापार व्यवशायको अवस्थाका बारेमा समेत छलफल गरेका थिए । ताप्लेजुङका अध्यक्ष घिमिरेले अलैची प्रमुख आम्दानीको स्रोत भएको बताउनुभयो । उहाँले नेपालको कुल उत्पादनको ३५ प्रतिश अलैची ताप्लेजुङमा उत्पादन हुने गरेको जानकारी दिनुभयो ।

टीकापुरका अध्यक्ष हमालले केराखेती टीकापुरको चिनारी भएको बताउनुभयो । उहाँले देशभरका हरेक जिल्लाका बासिन्दा टीकापुरमा बस्ने गरेको जानकारी दिँदै टीकापुर विविधताको नमूना भएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत व्यावशायीक हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा अध्यक्षद्वयबीच मायाको चिनो आदान प्रदान समेत गरिएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष नरेशकुमार खत्री, सदस्यद्वय नवराज साउँद र जगतराम चौधरीको समेत उपस्थिति रहेको थियो ।

© Copyright 2016. All Rights Reserved. Tikapur Chamber of Commerce and Industry